१५ चैत्र २०८०, बिहीबार

देउवा निवासमा पुगे विपक्षी गठबन्धनका नेताहरू

dahal1

राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने र केपी ओलीलाई सत्ताच्यूत गर्नेबारे सबै विकल्प प्रयोग गर्ने तयारीमा रहेको नेपाली कांग्रेसले विपक्षी गठबन्धनसँग छलफल सुरु गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा विपक्षी नेताहरू पुग्ने क्रम जारी रहेको छ । कांग्रेस बैठक सकिए लगत्तै सबैभन्दा पहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू पुगेका थिए ।

एमाले नेता माधवकुमार नेपाल पनि देउवा निवास पुगेका छन् । उपेन्द्र यादव पनि पुग्ने क्रममा रहेको बताइएको छ । जनता समाज पार्टी (जसपा)का नेताहरु पनि देउवा निवास पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर दलहरुलाई वर्तमान सरकारको विकल्प दिन आह्वान गरेपछि चाल्ने कदमबारे उनीहरुबीच छलफल भइरहेको छ