१२ बैशाख २०८१, बुधबार

सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या

muder

मोरङको सुन्दरहरैचा नगरपालिकामा एक पुरुषको हत्या भएको छ । सुन्दरहरैचा नगरपालिका–३ लोचनीका ४० वर्षीय विष्णु ऋषिदेवको सुतेकै ओछयानमा धारिलो हतियारले प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले सुतेकै ओछयानमा शव भेटिएको जानकारी दिए । निदाएका बेला कुनै धारिलो हतियारले घाँटीको अगाडिको भागका काटेर हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

मृतक गछिया खोला छेउको ऐलानी जग्गामा टिनको छानो भएको र टाटीको बेरा लगाएर बनाइएको झुप्रोमा एक्लै बस्दै आएका थिए ।

उनकी श्रीमतीको मृत्यु भइसकेको र छोराछोरी पनि घरभन्दा बाहिर नै बस्ने गरेको प्रहरीले जनाएको छ ।ज्यालमजदुरी गरेर जीविका चलाउँदै आएका थिए ।