१० असार २०७८, बिहीबार

सुनको मूल्य घट्यो

gold

शुक्रबार सुनको मूल्य पुनः गत बुधबारको मूल्यमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घट्दै ९३ हजार ३०० रुपैयाँमा कायम भएको हो । जबकी गत बुधबारको सोही मूल्यमा ४०० रुपैयाँले बढेर बिहीबार सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ पुगेको थियो । महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कामय भएको छ । यता, चाँदीको मूल्य भने शुक्रबार पनि प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३५० रुपैयाँ कामय भएको छ ।