
नेपाल प्रहरीका पूर्वआईजीपी खड्गजित बरालको बुधबार निधन भएको छ । ९३ वर्षीय बरालको घरमै निधन भएको हो। उनको पशुपति आर्यघाटमा बुधबारै अन्त्येष्टि गरिने बताइएको छ।
२०२९ देखि २०३५ सालसम्म नेपाल प्रहरीको सर्वोच्च पद आईजीपी भएका बराल अवकाशपछि बर्माका लागि नेपाली राजदूत समेत भएका थिए ।