६ बैशाख २०८१, बिहीबार

विराट शिक्षण अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कुटपिट

health worker kutpit

विराटनगरको विराट शिक्षण अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ ।

आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारमा खटिएका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति आक्रमण भएको हो ।

सडक दुर्घटनामा घाइते भएका दुई जनाको उपचार गरिरहेका बेला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको अस्पतालका कोभिड–१९ फोकल पर्शन सुनील देवले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईले स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्तले आक्रमण गरेको जनाए । स्वास्थ्यकर्मीहरूको अवस्था सामान्य रहेको डीएसपी राईले बताए ।

बूढीगंगा गाउँपालिका-२ की गोमादेवी श्रेष्ठ सोमबार राति अस्पतालमा भर्ना भएकी थिइन् । उनी सुगर प्रेसरकी बिरामी थिइन् । उनको उपचारमा स्वास्थ्यकर्मीहरूले हेलचक्र्याइँ गरेको भन्दै कुटपिट गरेको पाइएको डीएसपी राईले बताए।

प्रहरीले कुटपिट गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बिरामीका नातीहरू अनिष श्रेष्ठ र निशल श्रेष्ठ रहेका छन् ।