११ बैशाख २०८१, मंगलवार

(फोटो फिचर) कोरोनाभाइरस महामारीले शुन्य बनेको हलिउडमा फर्कियो रेडकार्पेट, एमटीभी अवार्डमा यस्तो देखियो

chase stokes rudy pankow jonathan daviss madelyn cline and news photo 1621213764

कोरोनाभाइरस महामारीले शुन्य बनेको हलिउडमा रेड-कार्पेट सिजन फर्किएको छ । बितेको दुईवर्ष सुनसान बनेको अमेरिकी मनोरञ्जन उद्योग लयमा फर्कने संकेत मिलेको छ ।

नेपाली समयानुसार सोमबार बिहान लस-एन्जल्समा एमटीभी मूभी एन्ड टीभी अवार्ड सम्पन्न भयो । सामान्य अवस्थामा झैं सेलेव्रिटी मास्कबिनै रेडकार्पेट नापिरहेका देखिए ।

भाइरस महामारीको कारण यसवर्षको अस्कर, गोल्डेन ग्लोब्सजस्ता ठूला समारोह पनि भर्चुअल बनेको हलिउडमा एभटीभी अवार्ड चाहिँ भौतिकरुपमै सम्पन्न भयो ।

एमटीभी अवार्ड यसपटक वान्डाभिजन नामक टेलिभिजन सोको नाममा दर्ज भयो । सर्वोत्कृष्ट फिल्मको अवार्ड चाहिँ ‘टु अल दी ब्वाइज : अलवेयज एन्ड फरेभर’ले जित्यो ।

फिल्म अभिनेताको रुपमा ‘मा रेइनिज ब्ल्याक बटम’बाट दिवंगत अभिनेता ‘चाडविक बोसम्यान’ले जिते ।

अवार्डमा टेलिभिजन सोमा उत्कृष्ट अभिनय, उत्कृष्ट हिरो, उत्कृष्ट चुम्बन, कमेडी अभिनय, भिलेन, ब्रेकथ्रु प्रस्तुति, बेस्ट फाइट, फ्राइटेन्ड पर्फमेन्स, बेस्ट ड्यो लगायतका विधा राखिएका थिए ।

Addison Rae
Anthony Mackie 1
Henry Golding
Madison Bailey 1
Rachel Lindsay
1318366268
1318367709
1318369288
1318374473