१५ चैत्र २०८०, बिहीबार

सरकारको ध्यान कमिसनमा मात्रै गयो : सभापति देउवा

sher bahadur deuwa scaled
फाइल फोटो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीको ध्यान कमिसनमा मात्रै रहेको आरोप लगाउनु भएको छ ।उहाँले सरकारलाई पनि कमिसनको लोभ रहेको बताउनु भयो । अहिले सरकारले अक्सिजन र भ्याक्सिन खरिद कसरी गर्ने भन्दा पनि त्यसमा कमिसन खानलाई लागिपरेको समेत देउवाको भनाइ छ ।

उहाँले अहिले स्वास्थ्य संकटकाल लगाउन आवश्यक नरहेको र कांग्रेसले त्यस्तो माग नगर्ने पनि बताउनु भएको छ ।कांग्रेसको कोभिड– १९ अनुगमन समितिले सोमबार बागमती प्रदेशमा कोभिडको अवस्था र कांग्रेसको भूमिका विषयक भर्चुअल संवादमा देउवाले कांग्रेसले भ्याक्सिन खरिदका लागि सरकारलाई पटक–पटक ध्यानाकर्षण गराइरहेको बताउनु भयो ।

आफूहरुले सक्दो छिटो अक्सिजन र भ्याक्सिन ल्याउन आवाज उठाइरहे पनि सरकारले नसुन्ने गरेको उहाँको भनाइ छ ।‘सरकारका स्वास्थ्यमन्त्री नै यस्तो महामारीका वेला समेत भ्याक्सिन र अक्सिजन खरिदमा पनि कसरी धेरै कमिसन लिने, कति पैसा कमाउने भन्ने कुरा सोचिरहेको सभापति देउवाले भन्नु भयो – सरकारलाई कमिसनको लोभ छ, पैसा चाहिएको छ । मन्त्रीकै ध्यान कमिसनमा देखिन्छ ।’सरकार भ्याक्सिन ल्याउने र जनतालाई बचाउन तर्फ भन्दा त्यसबाट कति कमाउने भन्नेमा केन्द्रित भएको देउवाको भनाइ छ ।

    सम्बन्धित समाचार...