६ बैशाख २०८१, बिहीबार

राष्ट्रियसभा चुनावमा भोट हाल्नेले अनिवार्य ७२ घण्टाभित्रको कोरोना रिपोर्ट देखाउनुपर्ने

rastriya sava
सांकेतिक तस्विर

वाग्मती र लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा चुनावमा सहभागी हुने मतदाताले ७२ घण्टाभित्रको कोरोनाको पीसीआर रिपोर्ट अनिवार्य देखाउनुपर्ने भएको छ ।

पर्सि ६ गते वाग्मती प्रदेशमा र २७ गते लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा चुनावमा भोट हाल्न जानेहरुले अनिवार्य ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट देखाउनुपर्ने भएको हो ।

कोभिड सङ्क्रमण नदेखिएका प्रदेशसभा सदस्यलाई मतदान केन्द्र ‘क’ मा, पालिकाका प्रमुख, उप-प्रमुख, अध्यक्ष र उपाध्यक्षलाई मतदान केन्द्र ‘ख’ मा, र कोरोना सङ्क्रमण देखिएकालाई मतदान केन्द्र ‘ग’ मा मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगले निर्देशन दिएको छ ।

यस्तै मतदाताले मतदान केन्द्र प्रवेश गर्नुअघि स्वास्थ्य सावधानी राम्रोसँग पालना गरेको हुनुपर्ने र मतदान स्थलमा साबुनपानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाउन आयोगले आग्रह गरेको छ । यस्तै पीसीआर रिपोर्ट नेगेटिभ भएका कर्मचारी र सुरक्षाकर्मीलाई मात्रै मतदान स्थल, मतदान केन्द्र र मतगणना केन्द्रमा खटाइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।