१३ बैशाख २०८१, बिहीबार

जसपा कार्यकारिणी समिति बैठक अन्योलमा अध्यक्ष ठाकुर र यादवबीचको बैठक निष्कर्षहिन

upendra mahanta

जनता समाजवादी पार्टी(जसपा)को कार्यकारिणी समितिको बैठक अझै अन्योलमा छ ।

आइतवार अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच भएको एक्लाएक्लै भेंटमा कुनै सहमति नभएपछि बैठक अनिश्चित बनेकोछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा एकसाथ सडक संघर्षमा उत्रेको जसपाका शीर्ष नेताहरु बैकल्पिक सरकारको सबालमा फुट्नेगरि नै बिभाजित भए । प्रतिगमनकारी भएको आरोप लगाउँदै ओलीलाई प्रधानमन्त्रीबाट हटाउनै पर्ने अडान अध्यक्ष यादव र संघिय अध्यक्ष बाबुराम भट्टराईले लिए । ठाकुर र राजेन्द्र महतो समुहले ओलीलाई नै निरन्तरता दिएर सरकारमा सहभागि हुने अडानबाट बिचल्लित भएन् । दुवै पक्षले आ–आफ्ना अडान नछाडेपछि प्रधानमन्त्री ओलीको विश्वासको मत दिने बखत ठाकुर पक्षका १५ जना तटस्थ बसे । यादव पक्षका १५ जनाले उनको विपक्षमा मतदान गरे । ओलीले विश्वासको मत प्राप्त गर्न असफल भएर पदमुक्त भएपछि जसपाको विवाद झन चर्कियो । विधान नै नभएको जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको प्रचारबाजी स्वयं महतोले नै गराए । सांसदलाई डोलेश्वर रिर्सोटमा सांसदहरुलाई एमालेका सांसद महेश बस्नेतको सकृयतामा थुनिएको लगायतका फोटोहरुलेपनि विवादलाई मलजल भयो । दुई पक्षबीचको दुरी बढिरहेको बेला यादव समुहले पार्टी भित्रको तिक्ततालाई कमगर्दै कार्यकारिणी समितिको बैठक राख्न ठाकुरलाई आग्रह गरे ।तर ठाकुरले यस सम्बन्धमा छलफल गरेर जानकारी गराइने जवाफ मात्र दिएको उच्च स्रोतले जनाए ।

स्रोतका अनुसार ठाकुरले प्रष्ट रुपमा कुनै सहमतिको मार्ग पहिल्याउन नसकेको र यादवले सुझाएका विषयमा समेत सहमत नभएपछि अध्यक्षद्वय ठाकुर र यादवबीचको बैठक बिना निष्कर्ष टुंगिएको स्रोतले जनाए । ‘कोरोना भाइरस संक्रमणको कारण उत्पन्न भएको विषयमा परि स्थितिले कार्यकारिणी बैठक बस्न केहि कठिनाइ देखिएकोछ’स्रोतले भने, ठाकुर पक्षको प्रतिकृयालाई समेत केहि दिन कुर्ने यादवको रणनीति छ । संघिय सांसदहरु दुवै तर्फ बराबर देखिएका छन् । ठाकुरले पक्षले २० जना आफ्नो पक्षमा रहेको दावी गरेपनि त्यस मध्येका ४ जनाले यादव पक्षमा समेत हस्ताक्षर गरेका छन् । तर कार्यकारिणी समितिमा भने यादव समुहको पुर्ण बहुमत रहेकोछ । ‘कार्यकारिणी समितिका केहि सदस्यहरुलाई प्रभावित गर्न ठाकुर–महतो समुहले बैठकलाई टार्न खोजेकोछ ’स्रोतले भने, त्यसकारण उनीहरुको धेरै दिन सम्म बैठकका लागि प्रतिक्षा गरिने छैन् । ठाकुर–महतो समुहले पार्टीलाई जोगाउन सकारात्मक नभए कार्वाही गरिने तयारी यादव समुहले गरिसकेको छ । ठाकुर निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा सघाएर मात्र पार्टीको बैठकमा सहभागि हुने आन्तरिक तयारी ठाकुर–महतो समुहको छ ।

प्रधानमन्त्री ओली बजेट ल्याउन अगावै विश्वासको मत लिने तयारीमा छन् । एमालेका १ सय २१ सांसद र जसपाका १५ जनाले मत दिए ओलीले विश्वासको मत प्राप्तगरि बजेट ल्याउने छन् । ओलीले विश्वासको मत प्राप्त गरेपछि जसपाका नेता महतोको नेतृत्वमा नै सरकारमा सहभागि हुने सहमति भएको स्रोतले जनाएका छन् ।