
बाँकेका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो ३:४५ देखि सोमबार विहान ६ बजेसम्म यी संक्रमितहरुको मृत्यु भएको हो ।
मृतकमध्ये ३ जना बर्दिया, २ जना बाँके र १/१ जना कञ्चनपुर, दाङ र सुर्खेतका रहेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
ओलीका अनुसार भेरी अस्पतालमा उपचाररत ठाकुरबाबा नगरपालिका ९ बर्दियाका २५ वर्षीय पुरुषको आइतबार ३:४५ बजे, मधुबन नगरपालिका-९ बर्दियाकै ७० वर्षीया महिलाको सोमबार विहान २:३० बजे र बासगढी नगरपालिका-६ बर्दियाकै ८० वर्षीय पुरूषको सोमबार विहान ५ बजे मृत्यु भएको छ ।
यस्तै भेरी अस्पताललमै उपचारको क्रममा नेपालगञ्ज उपमहानगरपालिका-६, बाँकेकी ४० वर्षीया महिलाको सोमबार विहान ५स्३० बजे र कोहलपुर नगरपालिका(९ बाँकेकै ४५ वर्षीया महिलाको सोमबार ६ बजे मृत्यु भएको छ ।
यस्तै भिमदत्त नगरपालिका-३ कञ्चनपुरकी ५५ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा आइतबार दिउँसो ४ बजे मृत्यु भएको छ भने तुलसीपुर उपमहानगरपालिका १० दाङकी ३८ वर्षीया महिलाको भरी अस्पतालमा उपचारको क्रममा मध्यराति १२:३० बजे मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २३९ पुगेको छ भने अन्य जिल्ला बाहिरका १९० जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।