७ बैशाख २०८१, शुक्रबार

बाँस्कोटा-मिश्र अडिओबारे स्वीस दूतावास बोल्यो, ७० करोड कमिसन प्रकरणमा हामी संलग्न छैनौं

embassy of switzerland kathmandu

सेक्युरिटी प्रेस मेसिन खरिद प्रक्रियाका सन्दर्भमा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग भेट गर्नेबारे केही कुरा नभएको स्पष्टिकरण दिएको छ ।

काठमाडौंस्थित स्वीट्जरल्यान्डको दूतावासले सञ्चार तथा सूचना प्रविधिमन्त्रीले स्वीस एजेन्टसँग ७० करोड रुपैयाँ कमिसन मागेको घटनामा दूतावासको कुनै संलग्नता नरहेको जनाएको छ। दूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाका सम्बन्धमा कुनै जानकारी नरहेकोसमेत स्पष्ट पारेको छ।

सेक्युरिटी प्रेस मेसिन प्रकरणमा बुधबार बाँस्कोटाले ७० करोड कमिसन मागेको अडिओ खुलासा भएको थियो । प्रेस खरिद गर्ने स्वीस कम्पनीका एजेन्ट भनिएका विजयप्रकाश मिश्र बाँस्कोटासँग अडिओमा बोलेका छन् ।

अडिओमा उनले स्वीस राजदूतले पनि भेट्न चाहेको र आफूले बाँस्कोटालाई एम्बेसीसँग भेट गराउने संवाद बोलेका थिए । सोही अडिओ संवादको खण्डद गर्दै स्वीस दूतावासले बिहीबार विज्ञप्ति निकालेको हो ।

‘स्वीस कम्पनीको स्थानीय एजेन्टले डिलिङ गरेको भन्ने विषयमा न दूतावासलाई कुनै जानकारी छ, न सहभागी नै बनेको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा दूतावासले आफ्ना कोही पनि प्रतिनिधिले त्यस सन्दर्भमा भेट नगरेको प्रतिक्रिया जनाएको छ । स्वीस कम्पनीका कुनै प्रतिनिधिले पनि मिश्रलाई लक्षित गर्दै समाचारमा उल्लेख भएका व्यक्तिसँग भेट नगरेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले सञ्चारमन्त्री बाँस्कोटासँग कुनै बैठक नगरेको र भविष्यमा पनि गर्ने कुनै कार्यक्रम नरहेको जनाएको छ।

सञ्चारमन्त्री बाँस्कोटाले नेपालमा सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्न स्वीस कम्पनीको नेपालस्थित एजेन्टसँग ७० लाख रुपैयाँ कमिसन मागेको ‘अडियो टेप’ सार्वजनिक भएपछि स्वीस दूतावासले विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको हो।

अडियो टेपलाई सार्वजनिक भएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निष्पक्ष छानबिन र मन्त्रीको राजीनामाको माग गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध गरेको थियो। त्यसपछि बिहीबार नै मन्त्री बाँस्कोटाले राजीनामा दिएको घोषणा गरेका थिए।

    सम्बन्धित समाचार...