१३ बैशाख २०८१, बिहीबार

कोरोना कारण नेपालमा ज्यान गुमाउनेको संख्या ५ हजार नाघ्यो

corona 4
फाइल फोटो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा मृतक संख्या पाँच हजार एक पुगेको जानकारी दिए । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएपछि संख्या पाँच हजार नाघेको हो ।