१६ चैत्र २०८०, शुक्रबार

आईतवार नेपालमा थप ७,३६८ संक्रमित थपिए, १४५ जनाको मृत्यु पुष्टि

corona chain

देशभर आज ७ हजार ३६८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १९ हजार ५३९ नमुनाको परीक्षण गर्दा ७ हजार ३१६ जना र ३४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै देशभर संक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेको छ। तीमध्ये ७ हजार ८०८ जना संस्थागत आइसोलेसनमा र १ लाख २ हजार ४५५ जना होम आइसोलेसनमा बसेका छन्। १ हजार ३१३ जनाको आइसीयुमा र ३८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

यही अवधिमा १४५ जनाको मृत्यु भएको छ भने ६ हजार ६४८ जना कोरोनामुक्त भएका छन्। आज ७०१ जना क्वारेन्टाइनमा रहेका छन्।