१५ चैत्र २०८०, बिहीबार

कोरोना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्‍यु

corona 4
फाइल फोटो

कोरोना संक्रमणबाट बाँकेमा थप ८ जना काेराेन संक्रमितको मृत्‍यु भएको छ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत बाँके र बर्दियामा ३/३ जना र रोल्पा र कैलालीका १/१ जना कोरोना संक्रमितको मृत्यु भएको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

उनका अुनसार भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगर १९ बाँकेका ६० वर्षीय पुरुषको आइतबार विहान ६ बजे, कोहलपुर नगरपालिका-१५ बाँकेका ६७ वर्षीय पुरूषको आइतबार ६:३० बजे तथा राप्तिसोनारी गाउँपालिका-२, बाँकेकी ५२ वर्षीया महिलाको नेपालगञ्‍ज मेडिकल कलेजमा आइतबार विहान २ बजे मृत्‍यु भएको छ । यस्तै भेरी अस्पतालमै उपचाररत मधुबन नगरपालिका-९ बर्दियाका ७१ वर्षीय पुरूषको शनिबार साँझ ६:३० बजे, बढैयाताल गाउँपालिका-१ का ५० वर्षीय पुरूषको शनिबार साँझ ७स्३० बजे र बढैयाताल गाउँपालिका-२ का ८७ वर्षीय पुरूषको आइतबार विहान २ बजे मृत्‍यु भएको छ । यस्तै गौरीगंगा गाउँपालिका-४ कैलालीका ५२ वर्षीय पुरूषको नेपालगञ्‍ज मेडिकल कलेजमा शनिबार उपचारका क्रममा मृत्‍यु भएको छ भने रूम्टीगढी-३, रोल्पाका ३५ वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा शनिबार राति ११:३० बजे मृत्‍यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २३५ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका १८३ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।