१२ बैशाख २०८१, बुधबार

दिक्तेल रुपाकोटका मेयर र उपमेयरले प्रयोग गर्ने गाडी एम्बुलेन्स बनाए

186210325 501574244325595 2762632023403069267 n2021 05 15 03 16 25

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मेयर र उपमेयरले प्रयोग गर्दै आएका गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ । कोरोना संक्रमतिको उपचारमा प्रयोग गर्न मेयर दिपनारायण रिजाल र उपमेयर विणादेवी राईले प्रयोग गर्दै आउनुभएको दुई वटै गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएको मेयर दिपनारायाण रिजोलले जानकारी दिनुभयो ।

विषम परिस्थितिलाई ख्याल गर्दैै आफूले चढ्ने गरेको बा २ झ ३४६७ र उपमेयरले प्रयोग गर्दै आएको को १ झ ६६८ नम्बरका गाडीलाई शनिबारबाट एम्बुलेन्सको रुपमा सञ्चालन गरिएको उहाँको भनाई छ । नगरपालिकामा भएको एउटा एम्बुलेन्स अपुग भएकाले जनप्रतिनिधिले प्रयोग गर्दै आएको गाडी नै तत्काललाई विरामी बोक्न प्रयोग गर्ने निर्णय भएको पालिकाले जनाएको छ ।

उक्त गाडीले शनिबार नै वडा नम्बर १५ बिजयखर्कका २९ वर्षीय पुरुष संक्रमितलाई कोशी कोभिड अस्पताल बिराटनगर पठाइएको मेयर रिजालले जानकारी दिनुभयो । गाडी संक्रमितको ओसारपोसारमा प्रयोग गर्ने भएसँगै आवतजावतका लागी आफुले मोटरसाईकलको प्रयोग गर्ने उहाँको भनाई छ ।