१५ चैत्र २०८०, बिहीबार

दुधको डेरीबाटै मदिरा बिक्रि !

12902021 05 15 12 57 51

कञ्चनपुरमा लकडाउनको बेलामा कालो बजारी गर्ने व्यापारीहरु फस्टाउदै गएका छन् । जिल्ला प्रशासनले दुग्ध पदार्थ डेरी पसललाई खोल्ने अनुमति दिए पनि बजारमा डेरी पसलमा अबैध मदिरा पनि बिक्री हुने गरेको पाईएको छ ।

भीमदत्त नगरपालिका ६ त्रिवेणी चोकस्थित विष्ट डेरीबाट अवैध रुपमा बेच्न राखिएका विभिन्न कम्पनीका मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले छापामार्दा ३७ बर्षिया बसन्ती बिष्टले संचालन गरेको बिष्ट डेरीमा कञ्चनपुरमा प्रहरीले अवैध मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिए । बरामद गरिएका मदिरा र बिष्टलाई आन्तकि राजश्व कार्यालयमा बुझाईएको उनले बताए ।

यस्तै, कृष्णपुर नगरपालिका ७ का १८ वर्षीय सागर ताम्राकार,१९ वर्षीय सुरज ताम्राकार र १८ वर्षीय रोशन ताम्राकारको साथबाट ७.६१ क्युफिट काठ बरामद गरिएको उनीहरुलाई काठ लगिरहेको अवस्थामा कृष्णपुर नगरपालिकाकै वडा नम्बर ८ मजगाउमा फेला पारेको उनले बताए । काठ सब डिभिजन कार्यालय पिपरिया पठाइएको प्रवक्ता थापाले बताए ।