१३ बैशाख २०८१, बिहीबार

एमाले विवाद समाधान गर्न कार्यदल गठन गर्ने तयारी

Kp oli madhav nepal
फाइल फोटो

नेकपा एमालेको विवाद समाधान गर्न शनिबार कार्यदल गठन गर्ने तयारी नेताहरुले गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठनको तयारी गरेका हुन् ।

यसअघिको भेटवार्तामा ओली र नेपाल दुवै पक्ष कार्यदल गठन गर्ने र त्यसको आधारमा विवाद समाधान गरेर अघि बढ्न सहमत भएका थिए । यद्यपि कार्यदल कति सदस्यीय रहने र त्यसमा को–को नेता रहने भन्ने टुंगो लागिसकेको छैन । शनिबार ओली र नेपालबीच छलफल गरेर कार्यदल बनाउने तयारी गरिएको बताइएको छ ।

एमाले नेताहरुका अनुसार कार्यदललाई नेताहरुको जिम्मेवारी, संगठन संरचना र अन्य विवादित विषय समाधानको बाटो पहिल्याउने जिम्मा दिइने छ ।