७ बैशाख २०८१, शुक्रबार

सगरमाथा आरोहीहरु अनुकुल मौसमको पर्खाइमा

Everest Basecamp

सगरमाथा आरोहणकोे क्रममा रहेका आरोहीहरु अनुकुल मौसमको पर्खाइमा रहेका छन् । विहिबारबाट मौसम प्रतिकुल नहुँदा आरोहीहरु प्रतिक्षामा रहेको पर्यटन विभागकी निर्देशक मिरा आर्चयले आधारशिविरबाट जानकारी दिनुभयो ।

उहाँका अनुसार यहि बैशाख २४ गते देखि शुरु भएको वसन्त यामको सगरमाथा आरोहणमा करिब एक सय जनाले आरोहण गरिसकेका छन् भने बाँकी झण्डै तीन सय जना आरोहीहरु उपयुक्त मौसमको पखाईमा छन् ।आफु आधारशिविरमै रहेकाले आरोहण गरिसकेको र गर्न बाँकी रहेकाहरुको प्रारम्भिक संख्या मात्रै जानकारी भएको उहाँको भनाई छ ।

आरोहीहरु यति बेला आधारशिविरबाट क्याम्प एक, दुई, तीन सम्म जाने र फर्कने अभ्यास गरिरहेका छन् । अझै केहि दिन मौसम अनुकुल हुने सम्भावना न्यून रहेकाले आरोहीहरु अभ्यासमा नै केन्द्रित हुने आर्चयले बताउँनुभयो ।

वर्षमा केही दिन मात्र सगरमाथा चढ्ने अनुकूल समय मानिन्छ । त्यस्तो समय औसतमा एक हप्ताभन्दा पनि कम हुने आरोहण क्षेत्रका जानकारहरु बताउँछन् । मन्त्रालयलका अनुसार वसन्त याममा सगरमाथा आरोहणका लागि ४३ समूहका ३१५ पुरुष, ९२ महिला र १ अन्य गरि ४०८ जनाले आरोहण अनुमति लिएका छन् ।

    सम्बन्धित समाचार...