७ असार २०७८, सोमबार

एमालेको विरोधमा अब माओवादीले समय खेर फाल्नु हुँदैनः नारायणकाजी

narayan kaji shrestha

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अब माओवादीले अरूको विरोधमा समय खेर फाल्न नहुने बताएका छन्। एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल पक्षबीचको विवाद समाधानउन्मुख रहेका बेला श्रेष्ठले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

शुक्रबार ट्वीट गर्दै श्रेष्ठले एमालेलाई बधाइ पनि दिएका छन्। आफूहरूको पार्टीले अब प्रतिक्रियात्मक भएर एमालेको विरोधमा समय खेर फाल्न नहुने पनि उनले बताएका छन्। एमालेका कमरेडहरूलाई बधाइ तथा शुभकामना,’ उनले भनेका छन्, ‘हाम्रो पार्टी नेकपा माओवादी केन्द्र अब प्रतिक्रियात्मक भएर अरूको विरोधमा समय खेर फाल्नु हुँदैन। पार्टी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्नुपर्छ।’ उनले गुटभन्दा माथि उठ्नुपर्ने पनि बताए।