१५ बैशाख २०८१, शनिबार

दिनभरको दौडधुप काम नलागेपछि प्रचण्ड निराश

Prachanda
फाइल फोटो

कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न दौडधुप गर्दै बुढानिलकण्ठ पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकार गठन गर्न नसक्ने भएपछि निराश भएर फर्किएका छन्।

उनी पहिलोपटक सरकार गठन प्रक्रियाबाट ‘आउट’ भएका हुन् । यसअघि नेपालमा सरकार गठन र विघटन उनको अघिपछि घुम्ने गर्दथ्यो तर यसपटक खासै उनको शक्ति र सामथ्र्य देखिएन । संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा दलको समर्थनमा सरकार गठन गर्न तम्सिएका देउवा र दाहाल बहुमत नपुग्ने भएपछि निराश भएर बाहिरएका हुन्।

देउवा दाहालको भेटपछि कांग्रेसका एक नेताले भने, ‘हामीले कोसिस गरिरहेकै छौँ । तर बहमुत पुग्ने अवस्थामा देखिएको छैन । यस्तो अवस्थामा कसरी दाबी गर्नु? अझै छलफलमै छौँ, ठेगान छैन ।’

जसपाको महन्थ ठाकुर पक्षलाई अनेक प्रयत्न गर्दा पनि विश्वासमा लिन नसकेपछि कांग्रेस, माओवादी र जसापको उपेन्द्र यादव पक्षमा जम्मा १२४ जना मात्रै सांसद हुने भएका छन् । बहुमतका लागि १३६ जना चाहिने भए पनि ठाकुरले आफूनिकट १६ जना सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर राखेपछि ७६ (२) अनुसारको सरकार बनाउने देउवा दाहालको योजना विफल भएको हो।

एमालेको माधव नेपाल पक्षका सांसदले राजीनामा दिएर तत्काल कायम रहेको संख्या घटाउन आशमा रहेपछि उक्त समूहको राजीनामा समेत अनिश्चित बनेको छ । नेपाल पक्षलाई राजीनामाबाट रोक्ने अध्यक्ष ओलीले प्रयत्न गरिरहेको र राजीनामाको विषयमा नेपाल समूहभित्र मतभेद रहेको छ । गठबन्धन सरकार दाबी गर्न राष्टपति दिएको तीन दिनको समय बिहीबार राति ९ बजे सकिँदैछ ।