१२ बैशाख २०८१, बुधबार

वडाध्यक्षले आफु चढ्ने निजी कारलाई एम्बुलेन्स बनाए

ca 1 750x375 1

बारा जितपुर सिमरा उपमहानगरपालिकाको एक वडाध्यक्षले आफु चढ्ने निजी कारलाई एम्बुलेन्स बनाएका छन् ।

सरकारी नम्बर प्लेटको गाडिलाई बिरामी ओसारपोसार गर्न आनाकानी भईरहेको समयमा वडाध्यक्षले बा १४ च ६१३८ नम्बरको कारलाई निशुल्क सर्बसधारणलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न आहवान गरेका छन् । आपत परेको जुनसुकै बेला आकस्मिक रुपले आफनो कार प्रयोग गर्न सक्ने वडा नं.४ का वडाध्यक्ष ईश्वर बहादुर खत्रीले जानकारी दिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मातहतमा एउटा पनि एम्बुलेन्स छैन ,बिभिन्न संघसंस्थाले सञ्चालन गरेको एम्बुलेन्स सहि समयमा नआउने र कोभिडका बिरामीको नाम सुन्दा बिभिन्न बहाना बनाउँदै आउँनै नमान्ने लगायतका कारणले आफुले आफनो निजी कारलाई एम्बुलेन्स बनाएको वडाध्यक्ष केसिले जानकारी दिए ।

सामाजिक सञ्जालको माध्यमबाट उनले बिरामीलाई अस्पताल लैजानुपरेमा आकस्मिक सेवाको रुपमा निशुल्क रुपमा प्रयोग गर्न सम्पुर्ण वडाबासीलाई अनुरोध गरेका छन् । आफनो ९८५५०२ ९६५८ र गाडि चालक को ९८५४०३४६५५ नम्बर सार्बजनिक गरेका छन् । त्यस्तै निजगढ नगरपालिकाको नगर प्रमुख सुरेश कुमार खनाल र सिम्रौनगढ नगरपालिकाको नगर प्रमुख बिजय शंकर यादबले आफु चढ्ने सरकारी नम्बर प्लेटको गाडिलाई आवश्यक परेको बेला एम्बुलेन्सको रुपमा प्रयोग गर्न सकिने घोषणा गरेका छन् ।