७ बैशाख २०८१, शुक्रबार

आन्तरिक हवाई उडान अर्को आदेश नभएसम्मका लागि बन्द रहने

tia domestic

आन्तरिक तर्फको हवाई उडान अर्को आदेश नभएसम्मका लागि बन्द भएको छ ।

यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्यूल आन्तरिक र बाहृय उडान बन्द गर्ने निर्णय गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार अन्तर्राष्ट्रिय उडानको हकमा मे ३१ (१७ जेठ)सम्मको मिति तोकेर प्रतिवन्ध लम्ब्याएको पत्र वायुसेवा कम्पनीलाई दिएको थियो । आन्तरिक उडानको हकमा भने अर्को आदेश नभएसम्म बन्द गर्ने निर्णय भएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

‘महामारीको अवस्था हेरेर सरकारले निर्णय लिन्छ, उनले भने, ‘अहिलेका लागि अर्को निर्णय नभएसम्म उडान बन्द हुनेछन् ।’ यसबीचमा चार्टर्ड, मेडिकल तथा कार्गो उडानको अनुमति भने नियमित दिइने छ ।