
कोरोना संक्रमणकाे महामारी तीव्र गतिमा फैलिँदै गएपछि नेपाल चिकित्सक संघले देशभर रेड अर्लट घोषणा गरेको छ।
संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो । कोरोना महामारीको समयमा सबै एक भएर जुट्न संघले विज्ञप्तिमार्फत अपिल गरेकाे छ। दैनिक बढ्दो संक्रमितको संख्यालाई नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ।
सरकारले बेलैमा आवश्यक तयारी नगर्दा आज भयावह परिस्थिति सिर्जना भएको संघको ठहर छ। राजनीतिक जोड घटाउमा भन्दा पनि सबै दलहरुलाई एक ठाउँमा ल्याउन र महामारी विरुद्ध जुट्न राष्ट्रपतिलाई संघले अपिल गरेकाे छ।

राज्य सञ्चालनको जिम्मा लिएकाहरूले स्वास्थ्यकर्मी जस्तै आफ्नो जिम्मेवारीबोध गर्दै यो समयमा काम गर्न आग्रह गरेको छ । चिकित्सक संघले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महामारी नियन्त्रणका लागि सबै दललाई एक ठाउँमा ल्याएर महामारी विरुद्ध जुटनका लागि अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।