६ बैशाख २०८१, बिहीबार

नेपालमा थप ९ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण, १६८ जनाको मृत्यु

corona virus graph

पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा संक्रमण पुष्टि भएको छ ।

यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६७ जनमा संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा एन्टिजेन र पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा बुधबार थप ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको हो।

देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ। यही अवधिमा १६८ जनाको मृत्यु भएको छ भने ४ हजार ४४४ जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा ९४ हजार ३ सय ४३ जना होम आइसोलेसन र ७ हजार २ सय ९१ जना संस्थागत आइसोलेसनमा छन्।

गत २४ घण्टामा देशभर २० हजार ३६२ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा ९ हजार २३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जोगेश्वर गौतमले जानकारी दिए।

२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा ४२४ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना भाइरस संक्रमणको संकेत (एन्टिजेन पोजेटिभ) देखिएको प्रवक्ता गौतमले जानकारी दिए।