१३ बैशाख २०८१, बिहीबार

नेपालमा २२५ कोरोना संक्रमितको निधन : कोरोना आंकडाले दैनिक रेकर्ड बनाउँदै

dd2021 04 07 06 51 44
फाइल फोटो

पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ जुन आजसम्मकै उच्च संक्रमित पुष्टी भएको संख्या हो। यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २२५ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । यो सँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।

साथै पछिल्‍लो २४ घण्‍टामा थप २२५ जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । यो संख्या पनि आज सम्मकै उच्च मृतक संख्या हो ।यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको छ ।

काठमाडौं उपत्यकामा मंगलबार ३ हजार ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जुन आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका रहेका छन ।काठमाडौं जिल्लामा २,७८८ ललितपुरमा ६०२ र भक्तपुर जिल्लामा ५२३ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।