१६ चैत्र २०८०, शुक्रबार

संकटका बेलामा पनि यदि कसैले भ्रष्टाचार गर्छ भन्ने त्यसलाई कडा कारबाही गरिन्छ : प्रधानमन्त्री ओली

oli kp baa

कोरोना भाइरस (कोभिड–१९) को तीब्र संक्रमणको संकटमा फसिरहेको अवस्थामा पनि यदि कोही कसैले भ्रष्टाचार सोच्छ र गर्छ भने त्यसलाई कुनै पनि अवस्थामा नछाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

सोमबार प्रतिनिधिसभा संसदमा सरकारको विश्वासको मत लिने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । मुलुक संक्रमणसँग जुधिरहेको अवस्थामा, रोकथाम र उपचारमा जुटिरहेको अवस्थामा पनि कसैले अनुचित सोच्छ भने त्यस्तो गतिविधि क्षम नहुने र त्यस्तालाई कडा भन्दा कडा कारबाही गरिने उनको भनाइ छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल त्यस्तो देश हो जसले कोभिड विरुद्धको भ्याक्सिन उत्पादन नगरेपनि प्रयोग गर्ने पहिलो मुलुक बनेको बताए ।