fbpx
३ जेष्ठ २०७८, सोमबार

बागलुङमा ३० वर्षीया कोरोना सङ्क्रमित जनप्रतिनिधिको मृत्यु

बागलुङमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । जिल्लाको ताराखोला गाउँपालिकाका ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा गए राति धवलागिरि अस्पतालमा मृत्यु भएको हो ।

श्वास प्रश्वासमा समस्या आएपछि अस्पताल आउनुभएकी उहाँको वैशाख १९ गते गरिएको जाँचमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको सघन उपचारकक्षमा राखेर उहाँको उपचार भइरहेको थियो ।

श्वासप्रश्वासकै समस्याका कारण उहाँको मृत्यु भएको अस्पतालका डा शैलेन्द्र विक पोखरेलले बताउनुभयो । उहाँ गाउँ कार्यपालिका सदस्य हुनुहुन्थ्यो ।