
फिल्म सेन्टी भाइरसको दोस्रो गीत सार्वजनिक गरिएको छ । फागुनको ९ बाट प्रदर्शन हुने फिल्मको आफ्नो पार्टी जिताइदे बोलको सार्वजनिक भएको छ । गीतमा प्रमोद खरेल र बिध्या मन्जु तिवारीको स्वर हर्क साउदको शब्द सुसान्त गौतमको सँगीत रहेको छ । गीतमा फिल्मका कलाकारहरु कुञ्जना घिमिरे, विल्सन बिक्रम राई सन्दिप क्षेत्री एलिस राई लगायतले नाचेका छन भने कोरयिोग्राफि एलिश राईकोे निर्देशन दिपक आचार्यको र क्यामारामा ज्ञानेन्द्र शर्माको रहेको छ ।
गीतको छायाँकन चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रँगशालामा गरिएको हो । पहिलोपटक सिताराम कट्टेल धुर्मुश र कुञ्जना घिमिरे सुन्तलिले पहिलोपटक निर्माण गरेको सेन्टी भाइरस लाइ रामबाबु गुरुङले निर्देशन गरेका हुन ।
कमेडी तथा देशको राजनितिक परिस्थितिलाइ उठान गरिएको यस फिल्ममा सिताराम कट्टेल कुञ्जना घिमिरे दयाहाङ राई विल्सन बिक्रम राई बुद्धि तामाङ राजाराम पौडेल कमलमनि नेपाल एलिश राई पवन खतिवडा लगायत कलाकारहरुको अभिनय रहेको छ ।
सुबिहानि फिल्मसको ब्यानरमा बनेको फिल्मको निर्मातामा ढिन्डु लामा ह्याल्मो सह निर्मातामा फुर्वा ह्याल्मो छायाँकनमा शैलेन्द्र डि कार्की सम्पादनमा निमेश श्रेष्ठ कथा लेखनमा कुमार कट्टेल र दिपक आचार्य सँगितमा राजनराज शिवाकोटी शँकर थापा र कालिप्रसाद बास्कोटाको रहेको छ । अहिले प्रचारमा रहेको फिल्मको कमाइको ५० प्रतिशद गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रँगशालालाइ सहयोग गरिने बताइएको छ र फिल्मको यसअघि नै सार्वजनिक भइसकेको ट्रेलर र फनफनि बोलको गीतले चर्चा पाइसकेको छ ।