२० श्रावण २०७८, बुधबार

मन्त्री ढकाल दम्पतीलाई कोभिड–१९ संक्रमण

bhanubhakta dhakal

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोभिड–१९ पोजेटिभ देखिएको छ ।

आइतबार गरिएको स्वाब परीक्षणमा मन्त्री ढकलालाई कोभिड पोजेटिभ देखिएको पर्यटन मन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिनुभयो । मन्त्री ढकालसँगै उहाँको धर्मपत्नी इन्दिरा फूयाँललाई पनि कोभिड पोजेटिभ देखिएको छ ।

हाल उहाँहरू दुबै निवासमै आइसोलेशनमा हुनुहुन्छ । स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ । मन्त्री ढकालकी धर्मपत्नी फूयाँलमा भने सामान्य लक्ष्यण रहेको छ ।