१५ चैत्र २०८०, बिहीबार

दाङमा थप दुईजना सङ्क्रमितको मृत्यु

corona death

यहाँको कोरोना विशेष अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत थप दुईजना सङ्क्रमितको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– ९ का ४६ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुष रहेको कोरोना अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिनभयो ।

तुलसीपुरका पुरुष हिजोदेखि सो अस्पतालमा उपचाररत थिए । उनीको आज दिउँसो पौने १ बजे मृत्यु भएको हो । त्यस्तै, घोराहीका पुरुष गत वैशाख १२ गते देखि अस्पतालको सघन कक्षमा उपचाररत थिए । उनको आज बिहान साढे ८ बजे मृत्यु भएको हो ।