
कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै आजदेखि धनुषा जिल्लाको मालपोत र नापी कार्यालयद्वारा प्रवाह गरिँदै आएको सेवा स्थगन गरिएको छ ।
मालपोत कार्यालयद्वारा जारी सूचना अनुसार धनुषा जिल्लामा पनि कोरोना प्रभावितको सङ्ख्या बढ़दै गएकाले महामारीको प्रकोपबाट बच्न मुद्दा बाहेकका सेवा अर्को सूचना नभए सम्मका लागि स्थगन गरिएको छ ।
कार्यालय प्रमुख वासुप्रसाद कोइरालाले भीडभाड कम गरी कार्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउँदा पनि भीड बढ्ने क्रम नरोकिएकाले कार्यालयबाट प्रवाह गरिँदै आएको सेवा स्थगन गरिएको बताउनुभयो ।
त्यस्तै आजदेखि नापी कार्यालयद्वारा प्रवाह गरिँदै आएको सेवा पनि स्थगन गर्ने निर्णय गरिएको छ ।