१३ बैशाख २०८१, बिहीबार

२४ घण्टामा देशभर ५,७६३ संक्रमित थप, झण्डै आधा काठमाडौं उपत्यकामा

corona virus graph
सांकेतिक तस्विर

पछिल्लो २४ घण्टामा नेपालमा थप ५,७६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ९६९ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ती संक्रमित भेटिएका हुन् । यो सँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै २४९५ जना संक्रमित थपिएका छन्। काठमाडौँमा १९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसअघि गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।