१२ बैशाख २०८१, बुधबार

कोरोनाले २७ बर्षिया गर्भवतीको अस्पताल पुर्‍याएको एक घण्टा मै मृत्यु

covid patient dead body
फाइल फोटो

दैलेखमा २७ बर्षिया गर्भवती महिलाको मृत्यु भएको छ । नारायण नगरपालिका वडा नं.६ की २७ बर्षिया महिलाको शुक्रबार जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

शुक्रबार विहान ११:३० बजे भर्ना भएकी महिलाको अस्पताल पुर्‍याएको एक घण्टा मै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थिरप्रसाद रेग्मीले बताए । रेग्मीका अनुसार विरामी भएर अस्पताल पुगेकी महिलाको एक घण्टामै निधन भएको र निधन पश्चात् एन्टिजेन टेस्ट गर्दा पोजेटिभ देखिएकोले कोरोनाकै कारण मृत्यू भएको भन्न सकिन्छ ।

उनको बच्चा हुने समय चैत्र २८ गते हो भन्ने बुझ्नमा आएको छ । दैलेखमा शुक्रबार सम्म १ सय ८ जना सक्रिय संक्रमितको संख्या पुगेको छ । पछिल्लो समय २ जनाको मृत्यू भइसकेको छ । कोरोनाको कारण स्वास्थ्य सेवा कार्यालय दैलेखको ओपिडी सेवा समेत अर्को सुचना नभएसम्मको लागि बन्द गरिएको अस्पताल स्रोतले जनाएको छ ।