१३ बैशाख २०८१, बिहीबार

फिल्म नीरफुलको पहिलो गीत सार्वजनिक

nirful 1

फागुनको ३० बाट प्रदर्शनमा आउने फिल्म नीरफुलको पहिलो गीत सार्वजनिक भएको छ ।

फुलमान बलको लेखन तथा नर्देशनमा बनको फिल्मको तिमि बदनामि बोलको गीतमा दुर्गा खरेलको स्वर अर्जुन पोखरेलको सँगित निर्देशक फुलमान बलकै शब्द रहेको छ । गीतमा अभिनेत्री रेखा थापाले एक रेष्टुरेण्टमा गीत गाउदै गरेको देखिएको छ भने अन्य केहि कलाकारहरुलाई समेत देखाइएको छ ।

गीतको कोरियोग्राफी राजेन्द्र राजबहाकको रहेको छ । गणेश हिमाल क्षेत्रमा पर्ने रुबि भ्याली तथा काठमाडौमा छायाँकन गरिएकोे फिल्मले भुकम्पको कारण बिछोडिएको एक परिवारको प्रेमकथा प्रस्तुत गरेको छ भने फिल्ममा दयाहाङ राई, शान्ति वाइवा, बुद्धि तामाङ, पुष्कर गुरुङ, छ्योकि घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राज लगायत कलाकारको अभिनय रहेको छ ।

फ्रेण्डस अफ नेपाल म्यानमार फ्रेण्डसिप काउन्सिलसितको सहकार्यमा शोलो प्रोडक्सनको निर्माणमा बनेको फिल्मको निर्मातामा माया केसी, दिपक श्रेष्ठ, चन्द्रमाया तामाङ, उदय लामा, रोज लामा, इन्द्र तामाङ, दिनेश लम्तरी मगर, अजितमान श्रेष्ठ, दिजेश श्रेष्ठ, तेन्जिङ सोनाम गणेश लामा, अशोक थापा र बिके श्रेष्ठ कार्यकारी निर्मातामा डोमा सोनाम छायाँकनमा प्रदिप कार्की सम्पादनमा निमेश श्रेष्ठ र सँगीतमा अर्जुन दोङको रहेको छ ।