१६ चैत्र २०८०, शुक्रबार

सरकारका काम बारे आज संसदमा प्रधानमन्त्रीले जानकारी दिने

kp oli parliamen

आज दिउँसो दुई बजे बस्ने प्रतिनिधिसभाको बैठक मा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ ।

वहाँँ नेतृत्वको वर्तमान सरकार यही फागुन ३ गते दुई वर्ष पुग्दैछ । उक्त सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिनुहुनेछ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार्, ‘दुई वर्षे कार्यकालको सन्दर्भमा दुई गते, दुई बजे प्रधानमन्त्रीज्यूले संसदलाई सम्बोधन गर्नुहुनेछ ।’

प्रधानमन्त्री सचिवालयले जनाए अनुसार ओलीले सम्बोधनको क्रममा सरकारका कामकारबाहीबारे जानकारी दिनुका साथै समसामयिक घटनाक्रमका विषयमा समेत बोलुनुहुनेछ ।

प्रतिनिधिसभा सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले बैठकको सुरुमै संसद बैठकलाई सम्बोधन गर्नुहुनेछ ।