१५ चैत्र २०८०, बिहीबार

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ सय ५७ पुग्यो, डब्लुएचओको चिन्ता

corona

चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या १३ सय ५७ पुगेको छ ।

हुवेई प्रान्तमा बुधबार थप २ सय ४२ जनाको मृत्यु भएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ सय ५७ पुगेको सीएनएनले जनाएको छ ।

यसमध्य १३ सय ५५ जनाको चीनमै मृत्यु भएको हो भने २ जनाले चीनबाहिर ज्यान गुमाएका छन । हुवेई प्रान्तमा मात्रै १४ सय ८४० जना कोरोनाबाट संक्रमित भएका छन । चीनभरी संक्रमित हुनेको संख्या ४८ हजार २ सय ६ पुगेको छ ।

कोरोनाको महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० को एउटा टोलीले चीनमा उपचार, रोकथामका काम थाले पनि महामारी नियन्त्रणमा आउन सकेको छैन ।

धेरै प्रयत्नकाबीच महामारी नियन्त्रणमा आउन नसकेपछि कोरोनाको अन्त्य कहिले होला भन्ने अनुमान गर्न जटिलता थपिएको विश्वस्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससका अनुसार प्रकोप फैलने दर कम भए पनि मृत्यु हुनेको संख्या नघटेकाले तत्कालै नियन्त्रणमा आउला भने पूर्वानुमान गर्न नसकिने जनाएका छन ।

यद्यपी मानिसमा कोरोना संक्रमण सर्ने जोखिम २० प्रतिशतले घटेको चीनले दावी गर्दै आएको छ ।