१६ चैत्र २०८०, शुक्रबार

चन्द नेतृत्वको नेकपा जिल्ला कमिटी सदस्य कठायत कारागार मुक्त

biplab and kp oli

नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य जोगबहादुर कठायत कारागार मुक्त हुनुभएको छ ।

उहाँलाई जिल्ला अदालतले चन्दा असुली, हातहतियार खरखजाना र राजद्रोह गरी पाँच मुद्दा लगाएको थियो । सरकारसँग चन्द समूहको तीनबुँदे सहमति भए पनि बझाङमा पक्राउ परेका कार्यकर्ता छुटेका थिएनन् ।

जिल्ला कारागारमा समूहका पाँच कार्यकर्ता थिए । यसअघि गत चैतमा जिल्ला कमिटी सदस्य देवदत्त अवस्थी कारागारमुक्त हुनुभएको थियो । अझै तीन जना कारागारमै छन् ।

प्रहरीले कठायतलाई विसं २०७७ मङ्सिर २७ गते धनगढीबाट पक्राउ गरेको थियो । जिल्ला कमिटी सदस्य कठायतलाई अबिरमाला, बाजा सहित सदरमुकाम चैनपुर परिक्रमा गराइनाका साथै कोण सभासमेत आयोजना गरिएको थियो । सभामा कठायतले वार्तामा भएका हरेक सहमतिका बुँदा अक्षरशः कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो ।