१३ बैशाख २०८१, बिहीबार

नेपालगञ्जमा आज राती १२बजे देखी १५गते सम्म लकडाउन

nepalgunj corona community infection test
फाइल फोटो

कोरोना संक्रमणको दोस्रो लहर भयावह रूपमा फैलिन थालेपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र आज राती १२बजे देखि बन्दाबन्दी (लकडाउन) हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार तीव्र रुपमा फैलिएको संक्रमण नियन्त्रणका लागि आज राति १२ बजेदेखि १५ गते राति १२ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभर अत्यावश्यक सेवा बाहेक अन्य सेवाअ निषेध गरिएको छ ।

जनजीवन सहज गर्नको लागी भने दैनिक उपभोग्य वस्तुहरु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ६ देखि ९ बजेसम्म सञ्चालन हुने छन ।

त्यस्तै स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटीएम जस्ता अत्यावश्यक सेवाहरु एवं सार्वजनिक निर्माण कार्य, पूर्व निर्धारित परीक्षाहरु र हवाई सेवा सञ्चालन भने यथावत रहने बताईएको छ ।