१६ चैत्र २०८०, शुक्रबार

नर्सिङ होममाथि कारवाही

kamana nursing home

म्याद गुज्रिएको औषधि र रसायन बरामद भएपछि सिरहाको लहान नगरपालिका–३ अस्पताल चोकस्थित कामना नर्सिङहोम प्रालिमाथि कारवाही अघि बढाइएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय लहान र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको समन्वयमा गरिएको अनुगमनको क्रममा कामना नर्सिङ होममा म्याद गुज्रिएको औषधि र ल्याबको केमिकल बरामद् भएपछि कारवाही अघि बढाइएको हो ।

“अनुगमनका क्रममा म्याद गुज्रिएको औषधि र ल्याबका केमिकल फेला परेको छ”, घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्रकुमार यादवले भन्नुभयो, “फार्मेसीमा म्याद गु्ज्रिएको औषधि र ल्याबमा म्याद गुज्रिएको केमिकल राखेर मानव स्वास्थ्यसँग खेलबाड गरेको पाइएकाले ती नर्सिङ होममाथि कारवाही अघि बढाइएको हो ।

”अनुगमनका क्रममा नर्सिङहोम सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमतिपत्र लिएको नपाएपछि नर्सिङ होमका सञ्चालकलाई सम्पूर्ण कागजात सहित उपस्थित हुन पत्र काटिएको प्रमुख यादवले बताउनुभयो । बरामद म्याद गुज्रिएको औषधि र कमिकल नियन्त्रण लिई आवश्यक प्रक्रिया पुर्‍याएर नष्ट गरिने उहाँको भनाइ थियो ।