१४ बैशाख २०८१, शुक्रबार

फिल्म ‘धुलो’को पोस्टरसँगै रिलिज मिति तय

DHULO

हैट नामले परचित कलाकार बुद्धि तामाङ र सृजना सुब्बा अभिनित फिल्म ‘धुलो’को पोस्टर सार्वजनिकसँगै रिलिज मिति पनि तय गरिएको छ ।

प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा बनेको फिल्म फागुनको १६ बाट प्रदर्शनमा आउदैछ । फिल्मको सार्वजनिक ३ फरक फरक पोस्टरमा फिल्मको मुख्य कलाकारहरुको क्यारेक्टरलाइ प्रस्तुत गरिएको छ ।

फिल्मले राजधानिको सुकुम्बासी बस्तीमा बसोबास गर्ने एक जना गरिब रिक्सा चालकको जिबनशैलिको कथालाइ प्रस्तुत गरेको छ ।

दिपा धरेल प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा नानिराम फुयाल र लक्ष्मि गौतम रहेका छन । त्यसैगरी फिल्मको अन्य कलाकारहरुमा अग्रज केसी, दामोदार गजुरेल, अमृता पाण्डे, प्रध्युम्न मिश्र, बालबलाकार सुदिप कार्कीलगायतको अभिनय रहेको छ भने अतिथि भुमिकामा नीर शाह, लक्ष्मि बर्देवा र सुसील पोखरेलको समेत अभिनय रहेको छ ।

साथै फिल्मको सुखको अनुभुति भो बोलको स्याड शैलिको गतिमा मनोज राज र रेजिना रिमालको स्वर रहेको छ । गितमा केशब मिश्रको शब्द, जुगल डंगोलको सँगित रहेको छ । गीतको कोरियोग्राफी कबिराज गहतराजले गरेका हुन ।

फिल्मको लेखनमा सुवास सिह बस्नेत, छायाँकनमा रबिन आचार्य, सम्पादनमा अर्जुन जिसी र कोरियोग्राफर रामजि लामिछानेको रहेको छ । फिल्म एकदमै मर्मस्पर्शि कथामा बनेको कारण फिल्मले दर्शकशहरुको मन जित्ने निर्माण टिमको दाबि रहेको छ ।

    सम्बन्धित समाचार...