७ बैशाख २०८१, शुक्रबार

कोरोना सङ्क्रमणबाट २० वर्षीय स्टाफ नर्स सहित दुईको मृत्यु

corona death
फाइल फोटो

बाँकेमा सोमबार कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दाङ तुलसीपुर निवासी २० वर्षीय स्टाफ नर्सको आज बिहान ११ बजेतिर उपचारकै क्रममा मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार छ दिनदेखि भेरी अस्पतालमा उपचार गराइरहनु भएकी स्टाफ नर्सको मृत्यु भएको हो ।

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

यसैगरी बाँकेमा होम आइसोलेशनमा रहनु भएका कोहलपुर नगरपालिका–१४ का ७५ वर्षीय सङ्क्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार कोरोना सङ्क्रमण पुष्टि भएका दीर्घ रोगीका बिरामीलाई परिवारकै आग्रहमा होम आइसोलेशनमा राखिएको अवस्थामा सोमबार बिहान करीब १ बजे मृत्यु भएको थियो ।

यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ ।