१२ बैशाख २०८१, बुधबार

फ्लोर क्रस गर्ने एमालेका तीन प्रदेश सांसद पार्टीबाट निष्कासित

Floor cross samsad 1024x590 1

नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टीको निर्देशन विपरित फ्लोर क्रस गर्ने तीन जना सांसदलाई कारबाही गरेको छ ।

प्रदेश कमिटीको शनिबार बसेको बैठकले अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई पार्टीको साधरण सदस्य नरहने गरी निष्कासन गरेको हो । ‘उहाँहरु प्रदेश कमिटी मातहतको कमिटीमा रहनु भएकाले प्रदेश कमिटीले नै कारबाही गरेको छ,’ नेता यमलाल कँडेलले भने, ‘प्रकाश ज्वाला भने महाधिवेशन आयोजक कमिटी सदस्य हुनु भएकाले कारबाहीको सिफारिस गरिएको छ ।’

चारै जनालाई सांसदबाट कारबाही गर्न भने हिजै केन्द्रीय कमिटीमा सिफारिस गरिएको थियो । ज्वालासहित चार सांसदले पार्टीको ह्वीप विपरित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।