६ चैत्र २०८०, मंगलवार

ओटीटीले किन्यो १३५ करोडमा कार्तिकको ‘धमाका’

Dhamaka Kartik Aaryan

बलिउड अभिनेता कार्तिक आर्यन अभिनित फिल्म ‘धमाका’ ओटीटी प्लेटफर्मले खरिद गरेको छ । बलिउड समाचारका अनुसार उनको यो फिल्म १३५ मा ओटीटीले किनेको हो ।

यो फिल्म ओटीटी प्लेटर्फममा सबैभन्दा महंगो रकममा विक्री भएको हो । यो फिल्म कार्तिकको सबै भन्दा महँगोमा बिक्रि भएको हो । अभिनेता अक्षय कुमारको ‘लक्ष्मी’ ११० करोडमा विक्री भएको थियो । यसकारण पनि आर्यनको ‘धमाका’लाई अपेक्षित फिल्मका रुपमा लिइएको छ ।

यो फिल्मलाई राम माधवनीले निर्देशन गरेका हुन् । कार्तिक चुलिदो लोकप्रियताका कारण नेटफ्लिक्सले महंगो रकममा यो फिल्म किनेको फिल्मकर्मीको भनाई छ । अहिले भारतका केहि प्रदेशमा लकडाउनका कारण फिल्म रिलिजको अन्यौलता छाएको छ ।