८ बैशाख २०८१, शनिबार

गण्डकी प्रदेशमा सरकार ढाल्ने तयारी, आजै अविश्वास प्रस्ताव दर्ता गरिने

gandaki pradesh

गण्डकी प्रदेशमा सत्ता फेरबदलको खेल उत्कर्षमा पुगेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँगै माओवादी केन्द्र समेत मिलेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आज (बिहीबार) अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको बताइएको छ ।

साविक सत्तारुढ नेकपा टुक्रिएपछि माओवादी केन्द्रले अब मुख्यमन्त्री पद नेपाली कांग्रेसलाई दिनेमा सहमति जनाइसकेको छ । अविश्वास प्रस्तावबारे छलफल गर्न नै माओवादी केन्द्र र कांग्रेसका अहिले छुट्टाछुट्टै बैठक बसिरहेको बताइएको छ ।

नेपाली कांग्रेसले प्रदेश संसदीय दलको बैठक बोलाएको छ । ११ बजे बैठक बसेर त्यसपछि अविश्वासको प्रस्ताव संसद् सचिवालयमा दर्ता गर्ने एक कांग्रेस नेताले बताए । मुख्य मन्त्री हटाउने अभियानमा जनता समाजवादी पार्टीले समेत कांग्रेस-माओवादीलाई साथ दिइरहेको छ ।

तीनै दलको संयुक्त बैठक बसेर आजै प्रदेश संसदीय सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी तीव्र पारिएको बताइएको छ ।