१६ चैत्र २०८०, शुक्रबार

अनौपचारिक रुपमा जसपा फुट्यो, मुख्यमन्त्रीको छातीमा मन्त्री सोनलको चियापान

IMG 20210413 143210 1140x570 1

जनता समाजवादी पार्टी( जसपा)का अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनमा काँग्रेस र माओवादीले हलो अडकाएको आरोप लगाएका छन् । ‘काँग्रेसको कारण हलो अड्किएकोछ’ उनले भने, काँग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहेको छ । त्यो सहज नरहेको ठाकुरले बताए । प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले मंगलवार नयाँ वर्ष २०७८, जुडशितल तथा सिरुवा पर्वको अवसरमा मधेश भवनमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ठाकुरले भने, जसपाको नेतृत्वमा नयाँ सरकार गठनमा काँग्रेस उदार भएर आउनु पर्छ । पूर्व राजपा नेताहरुको हालीमुहाली रहेको चियापानमा मुख्यमन्त्री लालबाबु राउत अनुपस्थित रहेका थिए ।पूर्व समाजवादीबाट प्रदेश सरकारमा मन्त्रि बनेकाहरुको कार्यक्रममा सहभागिता थिएन् ।पूर्व राजपाबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि बनेका रामनरेश राय र प्रदेश सभासदस्य रानी शर्माको समेत उपस्थिति थिएन् ।

कार्यक्रममा जसपाका अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाका पति अनिल झाको समेत उपस्थिति थियो । शुभकामना आदानप्रदान तथा चियापान समारोहको आयोजनाबाट प्रदेश २ मा पूर्व राजपाका नेताहरुले सरकार बनाउने घण्टी बजाएका छन् ।जसपाको संघिय संसद र प्रदेशमा संसदिय दलको नेता चयन भएको छैन् । मुख्यमन्त्री राउतको छातीमा आयोजना गरिएको चियापान समारोहले मधेश भवनमा वर्चस्व बनाउने संकेतगर्दै अध्यक्ष ठाकुरले भने, काँग्रेसले लगाएको आरोप औचित्यहिन रहेकोछ । ‘आश्वासन र सहमतिको भरमा काँग्रेसको नेतृत्वमा जसपाले सरकार गठन गर्न सक्दैन्’ ठाकुरले भने, पहिले माग सम्बोधन हुनुपर्छ, अनिमात्र सरकारलाई समर्थन दिन सकिन्छ । वरिष्ठ नेता महतोले जसपाको मांग नगदमा सम्बोधन गर्ने शक्तिसँग नै नजिक रहने बताए ।‘जेलमा रहेका सांसद रेशम चौधरीको रिहाई र राजनीतिक मुद्दा लगाइएकाहरुको मुद्दा फिर्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृया अगाडी बढाएका छन्’ महतोले भने, नेपाली काँग्रेसका नेताहरुले मधेशको मुद्दालाई कहिलै संबोधन गर्न चाहेन् ।ओली सरकारमा जान जसपा तयार रहेको संकेतगर्दै उनले भने, जसले माग पुरा गर्छ, उसैको सरकारमा सहभागि भइन्छ । देशमा हाल ओली नेतृत्वको एमाले सरकार छ ।त्यो बाहेकको दलले मधेशको मुद्दालाई सम्बोधन गर्न सक्दैन् ।

माग पुरा गर्न सरकारमा जानुपर्ने र त्यसका लागि जसपाको समर्थन हुनुपर्छ । सांसद समेत रहेका जसपाका नेता शरत सिंह भण्डारीले कांग्रेस, एमाले र माओवादीले देशलाई निकास दिन नसकेको आरोप लगाउँदै बैकल्पिक शक्तिको रुपमा रहेको जसपाकै नेतृत्वमा सरकार गठनको प्रयास गर्नुपर्ने बताए । जसपाको पहिलो मांग र मुद्दा सम्बोधन हुने वातावरण बनेको खण्डमा जसपाले आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गर्ने उनले बताए । गत हप्ता जसपाका अध्यक्ष उपेन्द्र यादवले धनुषा जिल्ला स्तरीय पाँच दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम चलाउँदा त्यसमा पूर्व राजपाबाट कसैको सहभागिता थिएन् ।यादवको ‘काउण्टर’मा ठाकुर र महतोले कार्यक्रम आयोजना गराएको बताइन्छ ।मधेश भवन भित्र आयोजना गरिएको चियापानमा प्रदेशभरिका नेता,कार्यकर्ताहरुलाई सहभागिताका लागि आमन्त्रण गरिएको थियो । भारी संख्यामा सहभागिता भएका राजनीतिकर्मीहरुमा जसपाकै पूर्व समाजवादी पार्टीका नेता, कार्यकर्ताहरुको सहभागिता थिएन् ।जसपा धनुषाका अध्यक्ष पशुपति यादव लगायत प्रदेश सरकारमा मन्त्री राज्यमन्त्री, सभासदहरु शुभकामना कार्यक्रमलाई बहिष्कार गरे । भौतिक पूर्वाधार विकास मन्त्रालयको खर्चमा आयोजित चियापान समारोह चलिरहँदा प्रदेशका मुख्यमन्त्री राउत रौतहट जिल्लाको गौरमा राइस मिललाई रंगशाला बनाउने विषयमा छलफल गरिरहेका थिए ।राउतसित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय, भूमी व्यवस्था, कृषी तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव लगायत सभासद र गौरका मेयर अजय गुप्ता थिए ।

उच्च स्रोतहरुका अनुसार संघिय सरकारमा सहभागि हुन लागेको जसपाका पूर्व राजपा नेताहरुले मधेशको ‘मुड’ बुझ्न प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको प्रदेश सरकार रहेको परिसरमा कार्यक्रम गरेका थिए ।संघिय सरकारमा जसपाका नेताहरु सहभागि हुनासाथ प्रदेशमा पूर्व जसपाको तर्फबाट एमालेको समर्थनमा सरकार गठन हुने चाँजोपाँजो मिलाइएकोछ ।तर प्रदेश २ को एमाले संसदीय दल माधव कुमार नेपाल–झलनाथ खनाल समुहको नेतृत्वमा रहेकाले समर्थन पाउन सहज हुने छैन् । प्रदेश २ मा काँग्रेसको समर्थनमा पूर्व राजपाले सरकार बनाउने बहुमत जुटाउन सक्ने छैन् ।तर स्रोतहरुका अनुसार भौतिक पूर्वाधार विकास मन्त्री सोनलले पूर्व समाजवादीबाट समेत सभासदले आफुलाई समर्थनगर्ने दावीगर्दै सरकारको नेतृत्व माग गरेका छन् । जसपा विभाजन भएपनि पार्टी ठाकुर र महतोको कब्जामा रहन सक्ने संभावना बलियो छ ।संघिय सरकारको कृपाप्राप्त ठाकुर समुहबाट भने जसपा नेता महेन्द्र यादव छुटिसकेका छन् ।उनी उपेन्द्र यादव–बाबुराम भट्टराई समुहमा सकृय छन् ।उनी निकटका प्रदेशमा पर्यटन मन्त्री राय र सभासद रानी शर्मा रहेका छन् । नयाँ वर्षको पूर्व सन्ध्यामा ‘मधेश मुड’ बुझेका जसपाका नेताहरुले नयाँ वर्षको प्रारम्भमै सरकारमा सहभागि हुने संकेत दिएका छन् ।उनीहरुको मागलाई नगदमा हाल ओली बाहेक अन्य दलले समर्थन गर्न सक्दैन् ।चमत्कार नभए ठाकुरलाई प्रधानमन्त्रीमा ओली समेतले स्वीकार गर्ने छैन् ।