fbpx
३ जेष्ठ २०७८, सोमबार

घाँस काट्न गएकी महिलाले चितुवा देखेपछि…

leopard
फाइल फोटो

तनहुँको व्यास नगरपालिका–५ शेरा सामुदायिक वनबाट आज चितुवा नियन्त्रणमा लिइएको छ ।

डिभिजन वन कार्यालय तनहुँले उक्त सामुदायिक वनबाट चितुवा नियन्त्रणमा लिएको हो । कुमालगाउँका महिलाहरुले वनमा घाँस काट्न गएको बेला चितुवा देखेका थिए । महिलाहरुले चितुवा देखेपछि डिभिजन वन कार्यालयमा खबर गरेका थिए ।

डिभिजन वन कार्यालयबाट खटिएको टोलीले उक्त चितुवा नियन्त्रणमा लिएको कार्यालय प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । अन्दाजी ३५÷४० केजी रहेको उक्त चितुवा वृद्धावस्थाको छ ।

तनहुँका विभिन्न भागमा चितुवाको त्रास छ । चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँका दश बालबालिकाले ज्यान गुमाएका छन् ।