१३ बैशाख २०८१, बिहीबार

हिन्दीमा धमाधम डबिङ हुँदै ‘प्रेम गीत ३’

premgeet cover

गत वर्ष नै रिलिज गर्ने भनिएको फिल्म ‘प्रेम गीत ३’ कोरोनाका कारण अनिश्चित बनेको छ । यसैको मौका छोडेर निर्माण पक्षले बलिउडमा पनि फिल्मलाई रिलिज गर्ने भन्दै धमाधम हिन्दी भाषामा डब गरिरहेका छन् । यो फिल्म नेपालसँगै भारतमा पनि रिलिज हुने भएको छ ।

फिल्मको हिन्दी भाषामा डबिङ बाहुबलीका कलाकारहरुको गरेको निर्देशक सन्तोष सेनले जानकारी दिएका छन् । उनले अहिले फिल्म हिन्दी भाषामा डबिङ भइरहेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

फिल्म ‘प्रेम गीत ३’ २०० सय वर्ष अघिको प्रेम काहानीमा निर्माण भएको हो । यस फिल्मलाई स्वर्गीय छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्तरुपमा निर्देशन गरेका हुन् । छेतेन गुरुङ र मन्दिप गौतमको लेखक रहेको फिल्मका निर्माता सन्तोष सेन र सहनिर्माता कुमार सान शाह र ओएसआर डिजिटल रहेको छ ।

फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, सम्वृद्धि शाही ठकुरी, योगिसा खत्री, लक्ष्मी बर्देवा, क्रिजल गौतम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । निर्माण पक्षका अनुसार फिल्म कोरोनाको कहर हटेपछि प्रदर्शन गरिने छ ।