४ बैशाख २०८१, मंगलवार

ढलान गरेर फर्कदै गरेको ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो (नामसहित)

acc tactor

चितवनको राप्ती नगरपालिका–११ आँपपानीस्थित चिउडे खोलामा आइतबार साँझ एको ट्याक्टर दुर्घटना परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् ।

आइतबार रातिसम्ममा पाँच जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । आज विहान थप एक जनाको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । विहान मृत्यु हुनेमा राप्ती नगरपालिका–४ बस्ने वर्ष ४५ का सूर्यबहादुर श्रेष्ठ रहेका छन् ।

यस्तै अन्य मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका–५ बस्ने वर्ष ३५ का खड्क लामा, खैरहनी नगरपालिका–९ बस्ने वर्ष ४० का मगना महतो, राप्ती नगरपालिका–४ बस्ने वर्ष ४५ का सिताराम श्रेष्ठ, खैरहनी–९ बैरहनी बस्ने वर्ष ५० की छनिया महतो र सनाखत नभएको अन्दाजी २५ वर्षीय पुरुष रहेका छन् ।

आइतबार साँझ ७ः३० बजेको समयमा वडा कार्यालयको भवन ढलान गरेर थाकलटाबारट चिउडेखोला तर्फ आइरहेको ना १ त ६२८२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट २०० मिटर तल खसेको थियो । घाइतेहरुको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालक खैरहनी नगरपालिका–७ मझुही बस्ने वर्ष २६ का राजन चौधरी पनि घाइते भएका छन् । उनको मध्यम अवस्थामा पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइते हुनेहरुको नामः

१. (ट्रयाक्टर चालक) जिल्ला चितवन खैरहनी न.पा. ७ मझुइ बस्ने वर्ष २६ का राजन चौधरी (मध्यम)
२. रौतहट मधुनारायण न.पा. १ बस्ने वर्ष २२ को पप्पु महरा (टाउकोमा चोट, गम्भीर)
३. चितवन खैरहनी न.पा. ९ बस्ने वर्ष २५ की मन्जु चौधरी (खुट्टामा चोट, मध्यम)
४. चितवन खैरहनी न.पा. ९ बस्ने वर्ष २१ की सरिता चौधरी (टाउकोमा चोट, मध्यम)
५. बारा सिम्रनगढ न.पा. ५ बस्ने वर्ष २१ का अबधेस पासबान (खुट्टामा चोट, मध्यम)
६. बारा सिम्रनगढ न.पा. ८ बस्ने वर्ष २३ का शिबजी कुमार राम (दुबै खुट्टामा चोट, मध्यम)
७. रौतहट दिबिही बस्ने बर्ष १९ का अरुण राम (गम्भीर)
८. रौतहट दिबिही न.पा. वर्ष २७ का विजयराम (टाउकोमा चोट, गम्भीर)
९. बारा बुद्दगाँउ न.पा. ८ बस्ने वर्ष २० का बिराज चौधरी (मध्यम)
१०. मकबानपुर सिलिङे गा.पा. ६ बस्ने वर्ष २५ का दानिर प्रजा (मध्यम)
११. मकबानपुर कान्द्राङ गा.पा. ४ बस्ने वर्ष २० का रङलाल प्रजा (मध्यम)
१२. बारा कचौराहा गा.पा. ८ बस्ने वर्ष २७ का राम आधार राम (गम्भीर)
१३. रौतहट दिपहि न.पा.१ बस्ने वर्ष २४ का नागेश्बर चमार (मध्यम)
१४. मकबानपुर राक्सिराङ गा.पा. २ बस्ने वर्ष ४२ का अजय सिंजाली (मध्यम)
१५. रौतहट दिपही न.पा. २ बस्ने वर्ष १४ का नितेस राम (मध्यम)
१६. चितवन राप्ती न.पा. ४ बस्ने बर्ष ३० का निर बहादुर श्रेष्ठ (गम्भीर)
१७. हाल नाम थर बतन नखुलेको वर्ष अन्दाजी २८ का पुरुष ब्यक्ती (गम्भीर)
१८. मकबानपुर राक्सीराङ गा.पा. ७ बस्ने अन्दाजी वर्ष २४ का रमन चेपाङ (गम्भीर)
१९. बारा कोल्बी न.पा. ५ बस्ने वर्ष ३२ का प्रभु कुमार राम (गम्भीर)