१३ बैशाख २०८१, बिहीबार

कुखुरापालक कृषकलाई व्यवसायिक तालिम

kirshak 2

जिल्लाको गुराँस गाउँपालिका कृषकलाई व्यवसायिक कुखुरापालन तथा कुखुराको दाना उत्पादन सम्बन्धी ३ दिने पुर्नताजकी तालिम दिईएको छ ।

सेभ द चिल्ड्रेन,एभेरेष्ट क्लव दैलेख र वाक नेपाल अछाम द्धारा संचालित यूवा सशक्तिकरण बुलगारी परियोजना मार्फत गुराँस गाउँपालिकाका २० र अछामका ८ जना कुखुरापालक कृषकहरुलाई ३ दिने कुखुरा पालन तथा कुखुराको दाना उत्पादन सम्बन्धी पुर्नताजकी तालिम दिइएको हो ।

गुराँस गाउँपालिका वडा नं. ३ पातिकांलामा शनिबारबाट सुरु भएको तालिममा गुराँस गाउँपालिका भित्रका किसान र अछाम जिल्लाका सम्मेत किसानहरु सहभागि भएका छन् ।

शनिवार तालिमको उद्घाटनमा बोल्दै गुराँस गाउँपालिका वडा नं ३ त्रीवेवी बहुउद्देश्यी सहकारी संस्थाका अध्यक्ष काशीराम शर्माले कृषकहरुका लागि यस्ता किसीमका तालिमहरुले कृषकलाई हौसला दिने भन्दै तालिममा सहभागिहरुले तिन दिनको तालीम लिएपछि आफ्नो घरमा रहेका कुखुरा तथा कुखुराको लागि आवश्यक पर्ने दाना उत्पादन गर्ने सक्ने विश्वास ब्यक्त गरे । उनले सहभागीहरुलाई आफ्ना समस्याहरु ढुक्क भएर डाक्टर संग राख्न आग्रह गरे, ३ दिनको तालिको प्रशिक्षको रुपमा आएका डा. भक्त निउरेले किसानहरुले ३ दिने तालिमबाट व्यवसायीक कुखुरा पालन, कुखुरालाई लाग्ने रोग, रोगबाट बच्ने उपाए, औषधी उपचार, कुखराका लागि आवश्यक पर्ने दाना, खोरको ब्यवस्थापन सम्बन्धी तालिम लिने जानकारी दिएका छन् ।

विविध कारणले पढ्न नसकेका तथा ब्यरोजगार युवाहरुलाई गाउँमै रोजगारको सिर्जना गर्ने र व्यवसायबाट आफ्नो जिविका निर्वाह गर्नेको लागि परियोजनाले जिल्लाका २ वटा पालिकाका–गुराँस गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकामा कुखुरा पालन तथा दाना उत्पादन तालिहरु दिदै आएको बुलगारी परियोजनाका कार्यक्रम अधिकृत टेकराज न्यौपानेले बताए ।

kirshak 1

उनले भने कृषकलाई व्यवसायिक रुपमा आफ्नो ब्यवसायमा देखिएका समस्याहरु प्रत्यक्ष रुपमा डाक्टर संग राख्न पाउन भन्ने उद्देश्यले कृषकहरुको घरदैलोमा नै अनुभवी डाक्टरलाई ल्याएर समग्र कुखुरा पालन कृषकमा आइलाग्ने समस्याको बारेमा जानकारी दिएका छौ ।

गाउँपालिका भित्रै कुखुरालाई आवश्यक पर्ने दाना मिल सम्मेत स्थापना भई संचालनमा छ, गाउँका कृषकलाई दाना खोज्न टाढा जानुपर्ने बाध्यता छैन् २०७४ सालमा स्थापना भएको पातिकान्ला दाना उद्योगबाट कृषकको माग अनुसार दाना उत्पादन हुदै आएका छ, त्यहाँबाट उत्पादन भएको दाना गुणस्तरीय बनाउन तथा ब्यवसायीक कृषकहरुलाई आफ्नो ब्यवसाय प्रती बफादार बनाउन संस्थाले बेला–बेलामा कृषकलाई पुर्नताजकी तालिम दिदै आएको परियोजाका फील्ड अधिकृत बाबुराम आचार्यले बताए ।

तालिमको पहिलो दिन सहभागिहरुले आफ्नो कुखुरामा भएका समस्याको बारेमा डाक्टरलाई जानकारी गराएका छन् । कृषकहरुले बेलाबेलामा आउने विभिन्न किसीमकका रोगहरुले किसानलाई चिन्तित बनाउने गरेको गुनासो पोखे ।

कुखुरा विक्रि गर्न समस्या

गुराँस गाउँपालिका वडा नं. ४ की नन्दा मल्लले ३ बर्ष अगाडि ५ दिने उद्यम विकास तालिम लिएपछी ५० वटा कुखुराबाट आफ्नो ब्यवसाय सुरु गरेकी थिइन् ।

यसै व्यवसायबाट घरका ६ जना सदस्यको गुजरा चलेको उनि बताउँछिन् लोकल कुखुरा पाल्दै आएकी नन्दा पहिले–पहिले कुखुराको माग धेरै आउने गरेको तर गत बर्ष देखि कोरोना महामारीले नेपाल सरकारले लकडान गरेपछी कुखुराको माग घट्दै गएको बताउछिन् ।

५० वटा लोकल कुखुराबाट ब्यवसाय गरेकी मल्ल संग अहिले २०० लोकल कुखुरा छन् । पहिले राम्रै विक्रि भए पनि अहिले कुखुरा विक्रि गर्ने समस्या आएकोले आफुमा निराशा छाएको उनको गुनासो छ । उनका अनुसार नजिकमा सानो बजार भएको र गाउँबाट टाढा बजारमा लैजान खर्च धेरै लाग्ने भएकाले कुखुरा बिक्रि हुन समस्या आउने गरेको हो । हाल लोकल कुखुराको बजार मल्य प्रतिकेजि ७०० रुपैँया छ ।