७ बैशाख २०८१, शुक्रबार

जानकी मेडिकल कलेज शिक्षण अस्पतालको लापरबाहीले युवतीको मृत्यु, रकमको चलखेल गरी मिलापत्र

mxt6zHWN 750x375 1

उपचारका क्रममा एक युवतीको ज्यान गएपछि जानकी मेडिकल कलेज शिक्षण अस्पताल जनकपुरले रकमको चलखेल गरी घटना मिलाएको छ ।

अस्वास्थ्य भएको महसुस भएपछि मंगलवार दिउँसो धनुषाधाम ६ की २५ वर्षीया किरण सिंह सो अस्पताल पुगेकी थिइन् । चिकित्सकले छात्तीमा निमोनिया हुनसक्ने भन्दै तत्कालै उनलाई अस्पतालमा भर्ना लिए । अस्पतालमा उनको अवस्था झन झन बिग्रिदै गयो । स्वास्थ्यमा सुधार नभएपछि शुक्रवार किरणका आफ्न्तले बाहिर लग्ने कुरा गरेपछि डा. गोबिन्दराज मण्डलले यही ठिक हुने आश्वासन दिए । तर शुक्रवार राति नै उनको निधन भयो । मृत्यु भएको कुरा लुकाएर राखेको थियो र आज विहान सोधपुछ गरेपछि मात्र डाक्टरले किरणको मृत्यू भएको भनेर जानकारी गराएको उनका बुवा विजय कुमार महतोले बताए । उनले छोरीको मृत्यूमा डाक्टर दोषी भएको आरोप लगाएका छन् । उनले भने, ‘छोरी हिडेरै अस्पताल आएकी थिइन् । अनी कसरी मृत्यु भयो । म त बाहिर लग्छु भनेकै थिए । डाक्टरकै लापरबाहीले मैले छोरी गुमाउनु परेको छ ।’ छोरीको मृत्यूले आहत भएका उनले दोषी डाक्टरमाथि कारबाही हुनुपर्ने माग गरे । किरणको मृत्यूको खबर पाएपछि उनका आफ्न्तहरु अस्पताल पुगेर आन्दोलन गरे । घण्टौंसम्म विवाद चल्यो ।

अस्पताल प्रशासनले किरिया खर्च ५० हजार दिन तयार पनि भए । तर मृतका आफ्न्तले ५० लाख क्षतिपूर्ति दिनुपर्ने भन्दै आन्दोलन गर्ने चेतावनी दिएपछि प्रहरी पनि अस्पताल पुगेका थिए । मृतक किरणको शव आफ्न्तले शनिवार दिनभर अस्पताल परिसरमै राखे । करिब ५ः४० बजे मृतकका आफ्न्त र अस्पताल प्रशासनबीच सहमती भएको र त्यसपछि शव बुझेर लगेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले बताए । उनका अनुसार प्रहरी बाहिरै भएकाले पीडित परिवार कति रुपैयाँ क्षतिपूर्ति लिएर सहमती गरेको कुरा थाहा भएन । मृतक किरणका आफ्न्तले पनि अस्पतालबाट कति रुपैया लिएर मिलेको कुरा बताउन मानेका छैन । मृतककी भाई पर्ने राजेश सिंहले भने, ‘सहमती हुँदा म बाहिरै थिए । अंकलसँग बुझ्नुपर्छ ।’